स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले दिए पदबाट राजिनामा
काठमाडौँ, १७ असार । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजिनामा दिएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राजिनामा पत्र बुझाएका हुन् । राजिनामा पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री, राज्यमन्त्री लगायतलाई बोदार्थ दिइएको छ ।
खुल्ला प्रतिस्पर्धा मार्फत छनौट भएका पोखरेललाई लोक सेवा आयोगको सिफासिमा मन्त्रिपरिषदले १८ महिना अघि नियुक्त गरेको थियो । उनको कार्यअवधी चार बर्षको थियो ।
तर पछिल्लो समय स्वास्थ्य मन्त्रालयले उनी सहित वीमा बोर्डका सबै पदाधिकारीहरुलाई जिम्मेवारीपूर्वक काम गर्न नसकेको भन्दै स्पष्टीकरण सोधेको थियो ।
‘पहिलो पटक म लगायत वीमा बोर्डका सबै पदाधिकारी तथा सदस्यहरुलाई स्पष्टीकरण सोधिएको थियो । तर सोध्नुको कारण चित्तबुझ्दो थिएन । मन्त्री सहित अधिकारीहरुले तपाईँलाई झुक्किएर पत्र गयो भने तर फेरी अहिले दोस्रो पटक स्पष्टीकरण सोधियो । तीन दिन भित्र तपाईँलाई किन नहटाउने भन्दै पत्र आयो । त्यसपछि मलाई लाग्यो अञ्जानमा होइन नियतवस नै रहेछ । त्यसपछि मैले राजिनामा दिने निष्कर्षमा पुगेँ,’ उनले भने ।
स्वास्थ्यका अधिकारीहरुले राजिनामा पत्र आएको र दर्ता भएको भन्दै आवश्यक कारवाही अघि बढाउने बताए ।
पोखरेल स्वास्थ्य बीमा बोर्डमा २०७५ मंसिर २३ मा नियुक्त भएका थिए । तर पुस लागेर मात्रै उनले जिम्मेवारी सम्हालेका थिए ।
सरकारको महत्वकांक्षी योजनामा स्वास्थ्यबीमा कार्यक्रम परेको छ । चालु आर्थिक बर्षका लागि यो कार्यक्रमका लागि करीब ७ अर्व रकम विनियोजन गरेको छ ।
सम्पर्क इमेल : [email protected]