स्टार अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
काठमाडौँ, १५ असार । स्टार अस्पतालमा शनिबार बेलुका मृत्यु भएका २९ बर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड – १९) पुष्टि भएको छ । रौतहट स्थायी घर भएका ती पुरुष दमको बिरामी थिए ।
‘आइसीयूमा उपचारका क्रममा मृत्यु भएका उनको पीसीआर परीक्षणको रिपोर्ट आज आएको हो । रिपोर्ट आज आयो पोजेटिभ आयो,’ ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले भने ।
उनले अब जिल्लास्थित सुरक्षा समितिको बैठक बसेर शब व्यवस्थापनको तयारी भइरहेको बताए ।
यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशभर १२ हजार ७७२ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ हजार १३ जना भने निको भएर घर फर्केका छन् ।
सम्पर्क इमेल : [email protected]