नर्भिकमा १ सय ६८ किलो तौल भएकी महिलाले जन्माइन शिशु
काठमाडौँ, १३ असार । थापाथलीस्थित नर्भिक अस्पतालमा १ सय ६८ किलो तौल भएकी महिलाले स्वस्थ शिशु जन्माएकी छन् । अस्पतालले यति बढी तौलको महिला सुत्केरी भएको नेपालकै इतिहासमा पहिलो रेडर्क भएका दावी गरेको छ ।
गत १० असारका दिन काठमाडौँको कलङ्की निवासी मेरिना हमालले शल्यक्रिया मार्फत २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी हुन । बरिष्ठ स्त्री रोग तथा बाँझोपन बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्माले सफलतापुर्वक ती महिलालाई शल्यक्रियाद्धारा सुत्केरी गराएकी हुन् ।
नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । डा. शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो ।
असाधारण तौल र शारीरिक बनावटका कारण निकै कठिन भएपनि उच्च सावधानिपूर्वक ती महिलाको शल्यक्रिया मार्फत प्रशुती गराइएको डा. शर्माले बताइन ।
सामान्यतः यति ठुलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रिया मार्फत प्रसूति गराउनु आफैमा निकै कठिन हुने चिकित्सकहरुको भनाई छ । डा. शर्माले गर्भाधानको शुरुवाती अवस्थादेखी नै ती महिलालाई उच्च जोखिम समूहमा राखेर उपचार गर्दै आएको बताइन ।
यो सफलताले केवल मोटोपन मात्रै गर्भाधानको बाधक हुन सक्दैन भन्ने देखाएको छ, डा. शर्माले भनिन–जटिल र जोखिम अवस्थालाई पनि आधुनिक प्रविधि र दक्षताले सम्भव गराउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।
लामो समयदेखी बाँझोपनको क्षेत्रमा उच्च जोखिमयुक्त बिरामीको उपचार गर्दै आएकाले पनि जटिल र जोखिमयुक्त प्रशूति सेवालाई सफलतापूर्वक व्यवस्थापन गर्न सकिएको डा. शर्माले बताइन ।
सम्पर्क इमेल : [email protected]