कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण
कैलाली, १० असार । कैलालीमा एकै दिन ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।
धनगढीस्थित प्रयोगशालामा गरिएको पिसीआर परीक्षणका क्रममा कैलालीका ४७ पुरूष र १० महिला गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालले १ बजे विज्ञप्ती जारी गर्दै २ सय ५४ जनाको स्वाब परीक्षण गर्दा कैलालीको लम्कीका ६ महिला र १९ पुरूष र गोदावरी नगरपालिकाकी ५ वर्षीया बालिकासहित ४ महिला र २८ पुरूषमा कोरोना पुष्टि भएको जनाएको हो।
अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा १२ जनाको उपचार भइरहेको जनाइएको छ। जसमा २ जना महिला र १० जना पुरुष छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]