कोरोना अपडेट : गण्डकी प्रदेशमा थप २४ जनामा संक्रमण

पोखरा, ५ असार । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपरासी पूर्वमा २ जना, बागलुङमा २ महिला सहित १४ जना, स्याङ्जामा २ जना र कास्कीमा २ महिला सहित ६ जनामा संक्रमण देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले शुक्रबार विहान ६ बजेको अपडेट भन्दै जारी गरेको विज्ञप्तीमा नवलपरासी पूर्वको विनय त्रिवेणी गाँउपालिकामा २ जना पुरुष, बागलुङको गल्कोट नगरपालिकामा ६ पुरुष र २ महिला, काठेखोला गाँउपालिकामा ६ पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिकामा तीन पुरुष र दुई महिला गरी ५ जना, रुपा गाँउपालिकामा एक पुरुष गरी जिल्लामा ६ जनामा संक्रमण देखिएको छ । उता स्याङ्जामा पालिका नखुलेको १ जना र कालिगण्डकी गाँउपालिकाको एक जना गरी कुल २ जना पुरुषमा संक्रमण देखिएको छ ।

नयाँ संक्रमित सहित प्रदेशमा कुल संक्रमितको संख्या ३४८ पुगेको छ । संक्रमित सबै जना भारतबाट आएको र क्वारेन्टाइनमा रहेको समेत निर्देशनालयले उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *