बास बसेको ग्राहकमा कोरोना देखिएपछि होटल सिल
लमजुङ ४ असार । बास बसेको एक व्यक्ति (ग्राहक)मा कोरोना भाइरस देखिएपछि लमजुङको एक होटललाई सिल गरिएको छ ।
कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनले बास बसेको लमजुङस्थित बेँसीशहर नगरपालिका–७ स्थित पुष्पाञ्जली होटल एण्ड रेष्टुरेन्टलाई आज सिल गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
कोरोना सङ्क्रमित ती कर्मचारी गत जेठ २० गते घरबाट छोरासँग मोटरसाइकलमा उक्त होटलसम्म आएको र छोरा भने फर्किएका थिए ।
सो होटलमा एक दिन बास बसेर मनाङ गएकामा कोरोना पुष्टि भएपछि यहाँका आसपासका स्थानीयवासी त्रसित भएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]