सातबटा प्रदेशलाई स्वास्थ्यको बजेट ४ अर्व ६० करोड, कार्यक्रम यी हुन् यसरी बाँढियो
काठमाडौँ, २७ जेठ । राष्ट्रिय बजेटको ६.१५ प्रतिशत अर्थात ९० अर्व ६९ करोड १ लाख रुपैयाँ बजेट प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रमको आधारमा बाँडफाँड गरेको छ ।
आफूले पाएको कुल बजेटको ६६.९१ प्रतिशत अर्थात ६० अर्व ६७ करोड ८८ लाख संघमा राखेको स्वास्थ्यले सातवटा प्रदेशले गर्ने स्वास्थ्यका कार्यक्रमका लागि ५.०७ प्रतिशत अर्थात ४ अर्व ६० करोड २ लाख रुपैयाँ विनियोजन गरेको छ ।
मन्त्रालयले प्रदेश नं १ का लागि ६९ करोड ७८ लाख रुपैयाँ, प्रदेश नं २ मा ६१ करोड ९३ लाख रुपैयाँ र बागमती प्रदेशका लाग ६५ करोड २२ लाख रुपैयाँ छुट्याएको छ ।
यस्तै गण्डकी प्रदेशलाई ५४ करोड ९३ लाख रुपैयाँ, प्रदेश नं ५ लाई ७५ करोड ४९ लाख रुपैयाँ, कर्णाली प्रदेशलाई ६४ करोड २७ लाख र सुदूरपश्चिम प्रदेशलाई ६८ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले प्रदेशमा हुने कार्यक्रमहरुका लागि रकम समेत छुट्याएको छ ।
के के कार्यक्रमले प्राथमिकता पायो ?
हेरौँ विवरण :
सम्पर्क इमेल : [email protected]