प्राडा राजेन्द्र गुरागाईँ त्रिवि आईओएमको निमित्त डीनमा नियुक्त
काठमाडौँ, २३ जेठ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चिकित्साशास्त्र अध्ययन् संस्थान् (आईओएम)को निमित्त डीनमा प्राडा राजेन्द्र गुरागाईँलाई नियुक्त गरेको छ ।
परिषद्को बिहीबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कार्यकारी अधिकार सहित निमित्त डीनको जिम्मेवारी प्राडा गुरागाईँलाई दिने निर्णय गरेको हो ।
प्राडा गुरागाईँ २०७५ भदौ २ गते देखि आईओएमको सहायक डीनको रुपमा कार्यरत थिए ।
आईओएमका डीन प्राडा जगदीश अग्रवालले उमेरहदका कारण अवकाश पाएपछि विहीबारबाट आईओएम डीन विहीन थियो । त्रिवि कार्यकारीले बिहीबार नै बैठक नयाँ डीनको सिफारिस गर्न सर्च कमिटि गठन गर्ने बताइएको थियो । तर सर्च कमिटि हिजो गठन हुन सकेन ।
सम्पर्क इमेल : [email protected]