२६ जना नेपाली लिएर म्यानमारबाट उडेको सैन्य विमान नेपाल छिर्यो
काठमाडौँ, २३ जेठ । म्यानमारबाट २६ जना नेपाली लिएर काठमाडौँका लागि उडेको त्यहाँको सैन्य विमान नेपाली आकासमा छिरेको छ । अबको केही समयमै काठमाडौँ अवतरण हुनेछ ।
यो विमानले नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर फर्कनेछ । म्यानमारबाट आएको यो समूह लकडाउनपछि सरकारको पहलमा चीनको वुहानबाट आएको समूहपछिको पहिलो हो ।
म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन्। म्यानमारमा अहिलेसम्म २ सय ३६ जना संक्रमित देखिएका छन्।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]