स्वास्थ्य सेवा विभागका महानिर्देशकमा डा. दिपेन्द्ररमण सिंह, महेन्द्रलाई मन्त्रालय तानियो
काठमाडौँ, २२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवा विभागका महानिर्देशक सहित ६ जनाको जिम्मेवारी हेरफेर गरेका छन् ।
बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री ढकालले विभागका महानिर्देशक रहेका महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालय तानेका छन् । उनको ठाँउमा डा दीपेन्द्ररमण सिंहलाई पठाएका छन् ।
यस्तै विभागका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेललाई समेत मन्त्रालय तानेका छन् । उनको ठाँउमा एड्स तथा यौनरोग केन्द्रका निर्देशक डा रमेश खरेललाई पठाइएको छ ।
यस्तै प्रसूतिगृह अस्पतालका निर्देशक डा जागेश्वर गौतमलाई पनि मन्त्रालय तानिएको छ । उनको जिम्मेवारीमा कोशी अस्पतालका निर्देशक डा संगिता कौशललाई ल्याइएको छ ।
कोशी अस्पतालमा सगरमाथा अस्पतालका निर्देशक रहेका डा चुमनलाल दासलाई पठाउने निर्णय भएको मन्त्रालय सहसचिव रघुराम विष्टले बताए ।
सम्पर्क इमेल : [email protected]