सरकारले ल्यायो १ लाख २१ हजार थान आरडीटी ल्यायो, एयरपोर्टबाटै प्रदेश प्रदेशमा पठाइयो
काठमाडौँ, १७ जेठ । सरकारले कोरोना भाइरस (कोभिड – १९) परीक्षणका लागि चीनबाट १ लाख २१ हजार थान र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) किट ल्याएको छ । स्वास्थ्य सेवा विभागले आपूर्तिकर्तासंगको सम्झौँता अनुसार आज आएको सो परिमाणको टेष्ट किट ल्याएको हो ।
चीनबाट ल्याएको कुल किटमध्ये आजै ८० हजार थान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै प्रदेश प्रदेशमा पठाइएको छ ।
विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले विहान हिमालय एयरलायन्सले चीनबाट ल्याएको किट एयरपोर्टबाटै वितरण गरिएको बताए । उनले भने, ‘आज आएको १ लाख २१ हजार थान हो । त्यसमध्ये ८० हजार थान एयरपोर्टबाटै वितरण गर्यौँ । प्रदेश नं ५ को भैरहवा र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा नेपाली सेनाको स्काई ट्रकबाट पठाइएको छ । गण्डकी प्रदेशको पोखरा, बागमती प्रदेशको हेटौडा, प्रदेश नं २ को जनकपुर र बीरगञ्ज, तथा प्रदेश नं १ को विभिन्न स्थानमा स्थल मार्गबाट पठाइएको छ । भोलि विहानसम्म पुग्नेछ ।’
उनले आईजीएम र आईजीजी दुवै रिपोर्ट देखाउने खालका आरडीटी ल्याइएको बताए । उनले अहिले पीसीआर किट पनि खरीदका लागि सम्झौँता भईसकेकोले केही दिनमै आउने बताए ।
पछिल्लो समय आरडीटीको गुणस्तरमा संका गर्दै यसको परीक्षण नगरी पीसीआरको परीक्षणलाई जोड दिनुपर्ने आवाज चर्को रुपमा उठेको छ ।
सम्पर्क इमेल : [email protected]