कोरोना विशेष अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी मै देखियो कोरोना
बुटवल १२ जेठ । धागोकारखानामा रहेको कोरोना विशेष अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी कोरोना भाइरस (कोभिड -१९)को संक्रमणमा परेका छन् । सोमबार थपिएका कोरोना संक्रमितमध्ये एक जना कोरोना विशेष अस्प्तालमा कार्यरत हेल्थ असिस्टेन्ट भएको प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।
कोरोना संक्रमणमा परेका ति स्वास्थ्यकर्मीलाई प्रदेश अस्प्तालको स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि व्यवस्था गरिएको आइसोलेसनमा राख्ने तयारी भएको बताइएको छ ।
नेपालमा अहिलेसम्म २ जना चिकित्सक, ५ जना नर्स ३ जना अहेव र १ जना फर्मासिष्ट सहित कुल ११ जना स्वास्थ्यकर्मी कोरोना संक्रमणमा परेका छन् । उनीहरुमध्ये केही निको भएर डिस्चार्ज समेत भइसकेका छन् ।
सम्पर्क इमेल : [email protected]