रुपन्देहीका थप ७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५१४ पुग्यो
बुटवल, ९ जेठ । रुपन्देहीका दक्षिणी भेगमा पर्ने गाँउका थप ७ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । जिल्लाको गैडहवा गाँउपालिकाका विभिन्न क्वारेन्टिनमा रहेका ७ जना पुरुषहरुको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
संक्रमितहरु २० देखि ४० बर्ष उमेरका पुरुषहरु रहेको बताइएको छ ।
केही बेर अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा रुपन्देहीको विवरण उल्लेख थिएन । ‘हामीले विवरण केन्द्रमा पठाइसकेका छौँ । रुपेन्देहीमा थप ७ जनामा आज कोरोना देखिएको पुष्टि भएको छ,’प्रयोगशाला स्रोतले भन्यो ।
यो संगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ५१४ पुगेको छ ।
यता बिहीबार विहान क्रिमशन अस्पतालमा निधन भएका कोरोना संक्रमित गुल्मी मदानेका ४१ बर्षिय पुरुषको दोस्रो पटक दिइएको स्वाब परीक्षणको रिपोर्ट पनि पोजेटिभ देखिएको छ । ‘उनको निधन हिजो भयो तर दोस्रो रिपोर्ट भने आज आएको छ । तर पोजेटिभ छ.’ स्रोतले भन्यो ।
मृतक पुरुषको शव व्यवस्थापन आज दिउसो मात्र नेपाली सेनाको पहलमा भएको छ । उनी कोरोना संक्रमण भएर मृत्यु भएका तेस्रा व्यक्ति हुन् ।
सम्पर्क इमेल : [email protected]