कोरोना नियन्त्रणको सन्दर्भमा नेपालले ‘बेटर प्रर्फमेन्स’ गरेको छ : प्रधानमन्त्री

काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा सरकारले अहिलेसम्म उत्कृष्ठ कार्य गरेको दावी गरेका छन् । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सो दावी गरेका हुन् ।

‘कोरोना विश्वलाई नै आक्रान्त पारिरहेको छ । हाम्रो जस्तो मुलुक जहाँ खुल्ला सिमाना छ , भुगोल त्यस्तै छ । सिमानाबाट लुकेर आउन सक्ने अवस्था । तर अहिलेसम्म नेपालले कोरोना नियन्त्रणमा बेटर पर्फमेन्स गरेको छ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीले कोरोनाबाट मृत्यु भएकाहरुको सन्दर्भ कोट्याउँदै उनले कोरोनाले छोएको अवस्थामा डव्लुएचओको मापदण्ड अनुसार नै घोषणा भएको बताए ।

हामीले तयारी गर्न नपाउँदै भाइरसको आक्रमण तिब्र भयो

प्रधानमन्त्री ओलीले भने, ‘चार पाँच महिना अघि अकल्पनीय रुपमा यो भाइरस देखा परेको र एकैपटक यसले संसारका आक्रमण गरयो र तिब्र बनायो । हामीले तयारी गर्न पाएनौँ । हाम्रो मात्रै होइन संसारका कुनै पनि देशको पूर्व तयारी थिएन । औषधि र मेडिकल सामग्री निर्यात गर्ने देश चीनमै भाइरले महामारी फैलाउँदा सबै उत्पादनहरु बन्द थियो । त्यसले मेडिकल सामग्री अभाव हुने भयो । तर हामीले आफ्नो कार्यहरुलाई प्रभावकारी बनाउँदै गयौँ ।’

ओम्नी थाहै थिएन, म राजनीति गर्ने मान्छे हुँ व्यापारमा रुची छैन
प्रधानमन्त्री ओलीले मेडिकल सामग्रीको खरीद र सुरुको खरीद कर्ता ओम्नीको विषयमा पनि प्रष्ट पार्ने प्रयास गरे । ‘यो स्वास्थ्य सेवा विभागका डिजीले सम्झौँता गरे । सम्झौँता अनुसार सामान आएन र सम्झौँता रद्ध गरे । उनले सम्झौँता गर्दा एक तह माथिको कर्मचारीलाई जानकारी गराउने प्रावधान छ । हामीलाई भन्नु पर्दैन । हामीले त्यसतर्फ चासो राख्नु पनि पर्दैन । सञ्चारमाध्यममा बालुवाटारसंग जोडेर ओम्नीको विषयमा कुरा आयो । बास्तममा मलाई ओम्नीको बारेमा त्यहि संचारमाध्यममा आएपछि थाह पाएको हो । मैले यसका बारेमा कुनै चासो लिने कुरा पनि भएन । किनभने मलाई राजनीति गर्नुछ । व्यापार विजनेश रुचीको विषय होइन ।
सामान खरीदमा कसैले यदि कुनै एक रुपमा तलमाथि गरेको छ भने छानवीन हुन्छ । रहेछ भने कडा कारवाही हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
क्वारेन्टाइनको गुणस्तर सुधार गर्दैछौँ
प्रधानमन्त्री ओलीले अहिलेको क्वारेन्टाइनको गुणस्तरको बारेमा प्रश्न उठेको भन्दै गुणस्तर सुधार गर्नमा सरकार लागि परेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *