लकडाउन २० जेठ सम्म लम्ब्याउने सरकारको निर्णय
काठमाडौँ, ४ जेठ । सरकारले जारी लकडाउन २० जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यसअघि ५ जेठ सम्म तय गरेको लकडाउनको अवधी २० जेठसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
कोरोनाविरुद्ध लडन सरकारले पहिलो पटक ११ चैतबाट लकडाउन शुरु गरेको थियो ।
पछिल्लो समय नेपालमा संक्रमण बढेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या समेत थपिदै गएको छ ।
हाल नेपालमा २९५ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जनाको ज्यान गएको छ । ३६ जना भने निको भएर घर फर्केका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]