थप २६ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७ पुग्यो
काठमाडौँ, ३० बैशाख । नेपालमा थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको आज बेलुका आएको नतिजा अनुसार पर्सा, महोत्तरी, धनुषा, सर्लाही, भक्तपुर र काठमाडौँका बासिन्दा छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार पर्साका २२, २८, २८, ३२, ४५, ६० बर्षका महिलाहरु छन् । यस्तै सोही जिल्लाका १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ बर्षका पुरुषहरु छन् ।
यस्तै महोत्तरीका १६ र ३५ बर्षका पुरुषहरु, धनुषाका २० बर्षीया महिला र ४० बर्षीय पुरुष, भक्तपुर निवासी २५ बर्षीया महिला र २७ बर्षीय पुरुष, काठमाडौँका ३३ बर्षीया महिला र सर्लाही निवासी ४५ बर्षीय पुरुष छन् ।
डा अधिकारीले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा रहेको बताएका छन् ।
अहिले बेलुकाको संख्या सहित नेपालमा कुल संक्रमितको संख्या २१७ पुगेको छ ।
आज मात्रै नेपालमा ८३ वटा नयाँ संक्रमित फेला परेका छन् ।
पर्सामा आज मात्रै ५७ जनामा यो संक्रमण देखिएको छ ।
सम्पर्क इमेल : [email protected]