कपिलवस्तुमा एक जना नर्समा पनि कोरोना संक्रमण !
कपिलवस्तु, ३० बैशाख । तौलिहवा अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना भाइरस पोजेटिभ देखिएको छ । अस्पतालको लेबर वार्ड (सुत्केरी गराउने कक्ष)मा कार्यरत २५ बर्षिया नर्समा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
आज देखिएको ५७ जनाको लिष्टमा कपिलवस्तुबाट ८ जना परेका थिए । त्यहि ८ जनामध्ये एक जना नर्स भएको बताइएको छ ।
‘अस्पतालमा ९ जना नर्सको नमूना लिएर परीक्षण गरिएको थियो तर अरु ८ जनाको रिपोर्ट नेगेटिभ आयो । एक जनाको भने पोजेटिभ भएको पाइयो,’ अस्पतालका एक जना स्वास्थ्यकर्मीले भने ।
‘उनले लेबर रुपमा पनि काम गर्थिन्, फिवर क्लिनिकमा पनि काम गर्थिन्, तर अहिले पोजेटिभ भन्ने आयो । यसले स्वास्थ्यकर्मीमाथिको जोखिम झन् प्रष्ट ढंगले देखियो,’ ती स्वास्थ्यकर्मीले भने ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले उनीसंग सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी क्वारेन्टाइन र परीक्षण गर्ने कार्य अघि बढाइएको बताए ।
संयोग कस्तो परयो भने, आजै अन्तराष्ट्रिय नर्सिङ दिवस थियो । र आजै नेपालमा पहिलो पटक अस्पतालमा कार्यरत नर्समा कोरोना पोजेटिभ देखियो ।
सम्पर्क इमेल : [email protected]