रुपन्देही, कपिलवस्तु र बर्दियामा थप १३ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १३४ पुग्यो
काठमाडौँ, २९ बैशाख । रुपन्देही, कपिलवस्तु र बर्दियामा गरी थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रुपन्देहीमा ६, कपिलवस्तुमा ६ र बर्दियामा १ जना गरी कुल १३ जनामा संक्रमण देखिएको हो ।
यसअघि आजै दिउसो सप्तरीमा १ र विहान कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण देखिएको थियो । यो संगै आज मात्रै थप कोरोना संक्रमितको संख्या २४ पुगेको छ । नेपालमा कोरोना देखिएयता एकै दिन यति धेरै संक्रमित देखिएको यो पहिलो पटक हो ।
पछिल्लो संक्रमणसंगै नेपालमा कोरोनाबाट कुल संक्रमित हुनेको सख्ंया १३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नयाँ पुष्टि भएकाहरुमा कपिलवस्तुमा यशोधरा गाउँपालिका ८ र बुद्धभुमि नगरपालिका ७ निवासी बर्ष १५, १९, २३, ३०, ३२ र ३८ बर्षिय पुरुषहरु छन् ।
यस्तै रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी सस्कृतिक गाँउपालिका ६ निवासी बर्ष २४, २६, २७, ३०, ३२ र ४० बर्षीय पुरुषहरु र बर्दिया राजापुर ५ निवासी ११ बर्षकी महिला छन् ।
डा अधिकारीले संक्रमण परेका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]