अमेरिकी संसदमा ४० हजार विदेशी डाक्टर तथा नर्सलाई तत्काल ग्रिनकार्ड दिन विधेयक दर्ता

एजेन्सी । अमेरिकाको संसदमा ४० हजार विदेशी डाक्टर तथा नर्सलाई अनयुज्ड ग्रीन कार्ड दिने सम्वन्धी विधियेक दर्ता भएको छ ।

कोरोना भाइरस (कोभिड – १९)को गम्भीर चपेटामा परेको अमेरिकामा ठूलो संख्यामा डाक्टर तथा नर्सको आवश्यकता भएको भन्दै विधेयक दर्ता गरिएको हो ।

सांसदले कोरोनाको चपेटाबाट उम्कन यतिवेला अमेरिकामा ठूलो संख्यामा डाक्टर नर्सको आवश्यक परेको र त्यसका लागि तत्काल ग्रिन कार्ड सम्वन्धी विधेयक पेश गर्नु परेको बताएका छन् । विधेयकमा तत्काल कम्तिमा २५ हजार नर्स र १५ हजार डाक्टर थप नियुक्त गर्नुपर्ने उल्लेख छ । विधियेक पास भयो भने एच१बी वा जे२ भिसा भएकाहरुले लाभ लिन सक्ने बताइएको छ ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेंटेटिवमा सांसदहरु एबी फिनकेनोर, ब्राइड साइडर, टोम कौँल,तथा डोन बैकन लगायतले विधेयक पेश गरेका हुन् ।

विधियेक पेश गरेकोमा अमेरिकन मेडिकल एसोसिएसन, द हेल्थकेयर लिडरसीप काउन्सिल, युएस चेम्बर अफ कमर्स, द अमेरिकन एसोसिएसन अफ इन्टरनेशनल हेल्थकियर रिक्रुपमेटन्ट, द अमेरिकन हस्पिटल एसोसिएसन, अमेरिकन अर्गनाइजेसन फर नर्सिङ लिडरसीप जस्ता संगठनले समर्थन गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *