कपिलवस्तुको कोराना संक्रमण : १२ जनाको परीक्षण गर्दा २ जना पोजेटिभ
बुटवल, २६ वैशाख । कोरोना भाइरस (कोभिड – १९)बाट संक्रमित दुई जना पुरुष केही दिन अघि भारतबाट आएको खुलेको छ । उनीहरु भारतबाट आएर स्थानीय एक क्वारेन्टाइनमा रहेको बताइएको छ ।
स्रोतका अनुसार उनीहरु बसेको क्वारेन्टाइनमा ६५ जना रहेको र सबैको स्वाब संकलन गरी परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । तर त्यसमध्ये १२ जनाको आज रिपोर्ट आएको हो । त्यो मध्ये २ जनाको पोजेटिभ देखिएको हो ।
संक्रमित युवाहरु अहिले क्वारेन्टाइनमै सामान्य अवस्थामा रहेका छन् । उनीहरुलाई राती वा भोलि विहान बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याउने तयारी भएको समेत स्रोतले बतायो ।
यी दुई संक्रमितसहित नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]