पर्सा र नेपालगञ्जमा गरी थप १० जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ६९ पुग्यो
काठमाडौँ, २१ वैशाख । पर्सा र नेपालगञ्जमा गरी थप १० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण हुनेमा पर्सामा १ र नेपालगञ्जमा ९ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पर्साका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो।
यो संगै कोरोना संक्रमितको कुल संख्या ६९ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]