कोरोना उपचार पछि डिस्चार्ज भएका रौतहटका युवालाई पुन: आइसोलेसनमा राखियो
काठमाडौँ, २१ बैशाख । दुई साता लामो कोरोना भाइरस (कोभिड – १९) को उपचार पछि गत साता डिस्चार्ज भएका रौतहटका १९ बर्षिय युवकलाई पुन : कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको छ । उनलाई हिजो राती वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याई आइसोलेसनमा राखिएको हो ।
गत १ बैशाखमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई सोही दिन नारायणी अस्पतालमा ल्याई आइसोलेसनमा राखिएको थियो । तर पछिल्लो दुई रिपोर्ट नगेटिभ देखिएपछि उनी १४ बैशाख (गत आइतबार) मा अस्पतालबाट डिस्चार्ज भएका थिए ।
अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले युवक घरमा एक साता बस्दा समसया र केही लक्षण दोहोरिएको बताएपछि अस्पताल आउन भनेको र हिजो राती नै अस्पतालमा ल्याएर राखिएको जानकारी दिए । उनको आज थ्रोट स्वाब र रगतका नमुना लिएर पुन कोरोना भाइरसको परीक्षण गर्ने तयारी भएको बताए ।
सो अस्पतालमा अहिले ८ जना विरामीले कोरोना भाइरसको उपचार गराईरहेका छन् ।
सम्पर्क इमेल : [email protected]