डा. पुनको विषयमा स्वास्थ्य सचिवले दिएको अभिव्यक्तिप्रति चिकित्सक संघको आपत्ति
काठमाडौँ,१५ बैशाख । टेकु अस्पतालका चिकित्सक डा शेरबहादुर पुन प्रति लक्षित गर्दै स्वास्थ्य सचिव यादव कोइरालाले दिइएको अभिव्यक्ति विवादमा परेको छ ।
नेपाल चिकित्सक संघले सचिव कोइरालाको अभिव्यक्ति असोभनिय र अभद्र भएको बताएको छ ।
सचिव कोइरालाले केही दिन अघि एक सञ्चारमाध्यमलाई दिइएको अन्तरवार्तामा डा पुनलाई स्वास्थ्य मन्त्रालयले चिठी काटेको सन्दर्भ निकालेका थिए । सो क्रममा उनले बोलेका शव्दहरु असोभनिय र अभद्र खालको भएको भन्दै सार्वजनिक रुपमा आलोचना गरिएको थियो ।
संघका महासचिव डा. बद्री रिजालले आज प्रकाशित गरेको विज्ञप्तीमा कोरोना महामारीमा जुधिरहेका चिकित्सकहरुलाई प्रोत्साहन गर्नुको साटो मन्त्रालयका जिम्मेवार अधिकारीहरुले चिकित्सकहरुलाई अस्थायी, करार तथा स्थायी भनि विभेदीकरण गरेको र चिकित्सकको मनोवल घटाउने कार्य गरेको उल्लेख छ ।
संघले डा पुनको नाम उल्लेख त गरेको छैन् तर सचिवको पछिल्लो अन्तरवार्तामा उनैप्रति लक्षित भएकोले सोही विषयमा उठाएको भन्ने प्रष्ट देखिन्छ ।
विज्ञप्तीमा संघले स्वास्थ्य सेवा जस्तो सम्वेदनशील क्षेत्रमा करार, दैनिक ज्यालादारी चिकित्सकको नियुक्ति गर्नुको सट्टा स्थायी पदपूर्ति गर्दै चिकित्सकको मनोवल बढाउन आग्रह गरेको छ ।
सम्पर्क इमेल : [email protected]