देशभर जारी लकडाउन १० दिन थप गर्ने सरकारको निर्णय
काठमाडौँ, १४ बैशाख । सरकारले जारी लकडाउन थप १० लम्ब्याउने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप १० दिन अर्थात २५ बैशाखसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि ३ बैशाखमा बसेको मन्त्रिपरिषदले बैठकले लकडाउनलाई १५ बैशाखसम्म थप्ने निर्णय गरेको थियो । लकडाउनको अवधी सकिन १ दिन बाँकी छँदा सरकारले पुन १० दिन थप गर्ने निर्णय गरेको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।
यसअघि शनिबार मात्र कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले भने एक साता मात्र लकडाउन जारी राख्न सिफारिस गरेको थियो।
सरकारले गत चैत ११ देखि लकडाउन जारी राखेको छ।
सम्पर्क इमेल : [email protected]