कोरोना भाइरसको संक्रमण आज मात्रै ११ जनामा, कुल संक्रमितको संख्या ४२ पुग्यो
काठमाडौँ, ९ बैशाख । कोरोना भाइरस (कोभिड – १९)को संक्रमण आज मात्रै ११ वटा पोजेटिभ देखिएको छ । सबै संक्रमित उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जित वरपरका स्थानीय हुन् । यो संगै कुल संक्रमितको संख्या ४२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका परीक्षण गरिएका ८ जना र काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
मन्त्रालयले केहीबेर अघि सार्वजनिक गरेको विज्ञप्तीमा राष्टिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको २६० मध्ये ३ जनामा पोजेटिभ देखिएको बताएको छ । २० जनाको अहिले पनि परीक्षण चलिरहेको बताइएको छ । उता धरानस्थित कोशी अस्पतालको प्रयोगशालामा ६९ जनाको परीक्षण गर्दा ८ जनाको पोजेटिभ देखिएको हो ।
आज संक्रमित देखिएकाहरु १८, १८,३०, ३३, ४०,४१,४१, ५२ र ५८ बर्षका पुरुषहरु छन् । यस्तै ३६ बर्षीय महिला र एक जनाको उमेर नखुलेको मन्त्रालयले जनाएको छ । यो संगै उदयपुरको भुल्के क्षेत्रमा मात्रै संक्रमित हुनेको संख्या २४ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]