डव्लुएचओले भन्यो, ‘खोपविना कोरोना पूर्ण रुपमा नियन्त्रणमा आउँदैन’
जेनेभा । विश्व स्वास्थ्य संगठनल (डव्लुएचओ)ले कोरोना भाइरस (कोभिड – १९)को संक्रमण पूर्ण रुपमा रोक्न खोपको विकल्प नभएको बताएको छ । खोपको अध्ययन् अनुसन्धानमा चीन अमेरिका लगायतका विभिन्न देशका बैज्ञानिकहरु लागेका भएपनि कहिलेसम्म पत्ता लाग्छ र उपचारमा प्रयोग हुन्छ भन्नेमा निश्चित भएको छैन् ।
डव्लुएचओको मुख्यालय जेनेभामा सोमबार भएको नियमित मिडिया ब्रिफिङमा महानिर्देशक डा. टेड्रोस एदानाम गेब्रियसस भने, ‘जवसम्म यो रोग विरुद्धको खोपको विकास र वितरण हुँदैन तबसम्म यसको संक्रमण पूर्ण रुपमा रोक्न सकिदैन ।’
उनले यो भाइरस सन् २००९ मा देखिएको स्वाइनफ्लु भन्दा दश गुणा खतरताक भएको बताए । ‘यसको संक्रमण निकै छिटो फैलिएको छ , कतिपय देशमा ३ – ४ दिनमै केशहरु दोव्वर भएको हामीले देखेका छौँ । नर्सिङ होम जस्ता भिडभाड हुने ठाँउबाट पनि यो भाइरस सजिलै सर्न सक्छ । त्यसैले हाम्रो अहिलेको आवश्यकता भनेको शुरुमै केशहरुको खोजी गर्ने, परीक्षण गर्ने, आइसोलेसनमा राख्ने र प्रत्येक केशसंग जोडिएकोहरुको खोजी गर्नुको विकल्प छैन,’ उनले भने ।
चीनको हुवेईप्रान्तस्थित वुहान शहर गत ३१ डिसेम्बर २०१९मा पहिलो केश देखिएयता संसारका २०० भन्दा बढी देशमा फैलिएको यो भाइरसबाट १९ लाख बढी मानिस संक्रमित भएका छन् ।
यहि भाइरसको कारण १ लाख १९ हजार बढीको ज्यान गईसकेको छ । साढे ४ लाख जति उपचार पछि घर फर्केका छन् ।
भाइरसको संक्रमण बढ्दै जाँदा विश्वका अधिकांश देश लकडाउनमा रहेका छन् ।
सम्पर्क इमेल : [email protected]