अन्तर्राष्ट्रिय हवाई उडान १८ बैशाखसम्म बन्द गर्ने निर्णय
काठमाडौँ, २५ चैत । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई १८ बैशाख (३० अप्रिल) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड – १९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले यस्तो निर्णय लिएको हो।
यसअघि ३ वैशाख (१५ अप्रिल) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले अन्तर्राष्ट्रिय हवाईउडानको बन्द हुने अवधी ३ बैशाखबाट बढाएर १८ बैशाखसम्म पुर्याएको बताए । उनले अन्तर्राष्ट्रिय हवाईउडान स्थगित गरेपनि रार्ष्ट्रिय उडानहरुको बारेमा निर्णय भइनसकेको स्पष्ट पारे ।
‘अहिलेलाई रार्ष्ट्रिय उडान ३ बैशाखसम्म रोकिएको छ । तर त्यसपछि बढाउने कि स्थगित गर्ने भन्नेबारेमा पछि निर्णय होला,’ उनले भने ।
कोरोना नियन्त्रणका लागि सरकारले आजबाट थप ८ दिन लकडाउन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने अझै दुई साता देशका लागि कोरोनाको अति नै जोखिमपूर्ण समय भएको बताएका छन् ।
सम्पर्क इमेल : [email protected]