कोरोना नियन्त्रणका लागि चीनका तर्फबाट के के सहयोग प्राप्त भयो ?
काठमाडौँ, १६ चैत । नेपाल बायुसेवा निगमको वाइडबडी जहाज शनिबार विहानै चीनको ग्वान्जाओबाट साढे १२ टन मेडिकल सामग्री बोकेर काठमाडौँ आइपुग्यो । त्यसमा केही नेपाली व्यापारीले खरीद गरेका कोरोना परीक्षण र उपचारमा प्रयोग हुने मेडिकल सामग्री थिए भने केही चिनियाँ सरकार र त्यहाँका सहयोगी संस्थाले उपलव्ध गराएको सामग्री थिए ।
नेपालका लागि चिनियाँ राजदूत होउ यांन्कीले आइतबार दिउसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर चीनको तर्फबाट आएको सहयोग सामग्रीको स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिन् । सो अवसरमा बोल्दै उनले अहिले आएको सहयोग चिनियाँ केन्द्रीय संरकारको नभई सिचुवान प्रान्त, अलिवावा फाउन्डेसन, ज्याक्मा फाउन्डेसन, चिनियाँ दूतावास लगायतको संस्थाको रहेको बताइन । उनले अरु सहयोगहरु छिटै आउने समेत प्रतिवद्धता व्यक्त गरिन् ।
सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संकटको बेला छिमेकीका तर्फबाट भएको सहयोगको प्रशंसा गरे । उलने कोरोना भाइरस विरुद्धको लडाईमा सबै देशहरु एक भएर लाग्नुपर्ने बताए । उनले प्राप्त मेडिकल सामग्रीहरु सातवटै प्रदेश र त्यहाँका अस्पतालहरुमा वितरण गरिने समेत जानकारी दिए ।
यो सहयोगमा एन ९५ मास्क १ लाख भन्दा बढी परिमाणमा छ । यस्तै सर्जिकल मास्क पनि प्रसस्त देखिएको छ । २३ हजार बढी पीसीआर किट्स छ भने १२ सय बढी पीपीई आएको छ ।
हेर्नुहोस थप विवरण
सम्पर्क इमेल : nepalihealthnews@gmail.com