कोरोना भाइरस संक्रमण : इटालीमा एकै दिन ९१९ जनाको मृत्यु
एजेन्सी । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ९१९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढीको हो । यो सँगै शनिबार बिहानसम्म इटालीको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार एक सय ३४ पुगेको छ ।
यस्तै संक्रमितको संख्या शनिबार बिहानसम्म ८६ हजार ४ सय ९८ पुगेको छ । शुक्रबार मात्रै थप ५ हजार ९ सय जनामा संक्रमण देखिएको थियो । करिब १० हजार निको भएका छन् ।
इटाली कोरोना भाइरसको संक्रमणका हिसाबले सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक हो । इटालीको लोम्बार्डी क्षेत्रमा मात्रै पछिल्लो २४ घण्टामा ५४१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आगामी अप्रिल ३ सम्म इटाली पूर्ण रुपमा लकडाउन गरिएको छ ।
सम्पर्क इमेल : [email protected]