चीनमा कोरोना भाइरसको नयाँ संक्रमण शून्य !

एजेन्सी । नयाँ कोरोना भाइरस(कोभिड – १९)को शुरुवात भएको देश चीनमा पहिलो पटक घरेलु संक्रमणको नयाँ केश शून्यमा झरेको छ । विहीबार राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार कोभिड -१९ को पहिलो संक्रमण देखिएको दिन(३१ डिसेम्बर २०१९) यता पहिलो पटक घरेलु संक्रमण शून्यमा झरेको हो ।

आयोगले विहीबार जारी सूचनामा कोभिड – १९ को उदगम थलो मानिएको वुहानमा त बुधबार स्वदेशी तथा विदेशी कसैमा यो संक्रमण नदेखिएको बताएको छ । यद्धपी देशभर भने बुधबार पनि ३४ जनामा आयातित (इम्पोटेड)मा नयाँ संक्रमण देखिएको छ ।

आयोगले भाइरसबाट मृत्यु हुनेको संख्या पनि बुधबार एकल अंकमा झरेको बताएको छ । बुधबार चीनमा यो भाइरसबाट ८ जनाको मात्रै मृत्यु भएको थियो । यो संगै देशभर कुल मृत्यु हुनेको संख्या ३ हजार २४५ रहेको छ । चीनमा अहिलेसम्म ८० हजार ९२८ जनामा संक्रमण भएको र ७० हजार ४२० जना निको भएर घर फर्केको समेत आयोगले उल्लेख गरेको छ ।

आयोगले १० दश देखि हुवे र २० देखि देशभरको तथ्यांक दैनिक रुपमा जारी गर्दै आएको थियो ।

यता चीनमा नियन्त्रणमा आएपनि युरोप तथा अमेरिकामा यो भाइरसको संक्रमण रातारात तिब्रता पाएको छ ।

इटालीमा बुधबार मात्रै ३ हजार ५२६ जनामा यो भाइरस देखिएको छ । जर्मनीमा ४ हजार ७०, स्पेशनमा ४ हजार ७१९ जनामा यो केश भेटिएको छ । अमेरिकामा पनि यो केश १ हजार ८७५ जनामा देखिएको छ ।

अहिलेसम्म संसारभर २ लाख १९ हजार ०८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसबाट मृत्युहुनेको संख्या ८ हजार ९६१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *