अब सबै कार्यालयको गेटमा ह्याण्ड स्यानिटाइजर राख्नै पर्ने (१८ बुँदे थप निर्णय)

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको मुल गेटमा राखिएको ह्याण्ड स्यानिटाइजर प्रयोग गर्दै कर्मचारी

काठमाडौँ, ५ चैत्र । सरकारले सार्वजनिक सेवा प्रवाह गर्ने सबै खाले कार्यालय ( सरकारी, सार्वजनिक, सामुदायिक, निजी र गैरसरकारी) कार्यालयको मुल गेटमा ह्याण्ड स्यानेटाइजर राख्न निर्देशन दिएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको आठौँ बैठकले सो निर्णय गरेको हो ।

बैठकले होटेल, मोटेल, रिसोर्ट लज रेष्टुरेन्ट बार तथा सपिङ मलका .सञ्चालकहरुले ज्वरो मापन गर्ने उपकरण तथा सामग्रीहरुको व्यवस्था गरी उक्त स्थानहरुमा प्रवेश गर्ने व्यक्तिहरुको स्वासथ्य जाँच गर्ने साथै हात सफा गर्ने स्यानिटाईजरको प्रवन्ध गर्न भनेको छ ।

बुधबार राती दोस्रो पटक जारी १८ बुँदे विज्ञप्तीमा थप केही नयाँ विषयमा समेत निर्णय भएको उल्लेख छ ।

हेरौँ १८ बुँदे विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *