विश्व स्वास्थ्य संगठनद्धारा कोरोना भाइरस विश्वव्यापी महामारी भएको घोषणा

एजेन्सी ।  विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले कोरोना भाइरसको प्रकोपलाई महामारी (पेन्डामिक) को अवस्था भएको घोषणा गरेको छ ।

संक्रमितको संख्या १ लाख १२ हजार र मृत्यु हुनेको संख्या ४ हजार नाघे पछि डव्लुएचओले यसलाई महामारीको अवस्था भएको घोषणा गरेको हो ।

एउटै रोग एकै समयमा विश्वका धेरै देशहरुमा फैलिएको अवस्थालाई पेन्डामिक अर्थात महामारीको अवस्था भन्ने गरिन्छ । पछिल्लो पटक डिसेम्बर ३०, २०१९ मा चीनको वुहानमा देखिएको नयाँ कोरोना भाइरसको संक्रमण अहिलेसम्म ११७ वटा देशमा फैलिसकेको छ । डव्लुएचओले सोही तथ्यलाई टेकेर महामारी भएको घोषणा गरेको हो ।

बुधबार जेनेभास्थित डव्लुएचओको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा डव्लुएचओका प्रमुख डा टेड्रोस अदानोम घेब्रियसस्ले भने, ‘चीन बाहिर पछिल्लो दुई हप्तामा कोरोना भाइरसको संक्रमण हुनेको दर १३ गुणाले बढेको छ ।’

इरान र इटालीको नाम उल्लेख गर्दै उनले यो भाइरसको खतरानाक फैलावटप्रति आफू गम्भीर र चिन्तित भएको समेत बताए । सो अवसरमा उनले सबै राष्ट्रहरुलाई तत्काल र प्रभावकारी ढंगले नियन्त्रणमा लाग्नुको विकल्प नभएको दोहोरयाए । उनले सरकारलाई तत्काल र आक्रामक कदम चालेर प्रकोपको मोड बदल्न जोड दिए ।

डा टेडरोसले चीनको उदाहरण दिदैँ उनले भने धेरै देशहरुले यो भाइरस दवाउन र नियन्त्रण गर्न सकिन्छ भनेर देखाई सकेका छन् भन्दै बाँकी विश्वले यो चुनौतीलाई डटेर सामना गर्न आग्रह गरे ।

उनले अगाडी थपेका छन् कतिपय देशहरु ठूलो समूह वा समुदायमा एकैपटक संक्रमण फैलियो भने जुधन सक्छ कि सक्दैनन् भन्ने चुनौती थपिएको छ तर परि आएको खण्डमा चुनौती सामना गर्नै पर्छ ।

अहिलेसम्म देखिएका कोरोना भाइरसका प्रकारमध्ये यही ‘कोभिड-१९’ मात्र महामारी घोषणा भएको हो। यसअघि सार्स, मर्स नामक कोरोना भाइरसले पनि धेरै मान्छेको ज्यान लिएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *