कोरोना भाइरस विरुद्धको खोप प्रयोगयोग्य हुन अझै तीन महिना लाग्ने


हान्चाउ, १७ माघ । विश्वका विभिन्न देशमा फैलिदै गएको कोरोना भाइरस विरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन् ।

“हामीले अहिले कोरोना भाइरसका पाँच स्वरूपलाई छुट््याउन सफल भएका छौँ जसमध्ये दुई यसको खोप निर्माणका लागि उपयोगी देखिएका छन् ।”

कम्तीमा तीन महिनामा खोपलाई परीक्षणमा ल्याउन सकिने आशा गर्न सकिने खोपका लागि अनुसन्धानमा संलग्न रहेका चिनियाँ विषेशज्ञ लि लाङजुनले बुधबार जानकारी दिए ।

चिनियाँ समाचार संस्था सिन्ह्वासँगको अन्तवार्ताका क्रममा उनले खोपको विकासका लागि गर्नु पर्ने विभिन्न प्रक्रियागत कामहरु भइरहेको बताए ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबारसम्ममा सात हजार ७११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएका छन् । उनीहरुका अनुसार अहिलेसम्म १७० जनाको यही सङ्क्रमणका कारण मृत्यु भएको छ ।    रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *