पालुंगो एक फाइदा अनेक
पालुंगोको साग खानमा मात्र स्वादिलो हुँदैन यो स्वास्थ्यका लागि समेत लाभदायी हुन्छ । शरीरमा रगतको कमी भएका ब्यक्तिहरुका लागि मात्र पालुंगो हितकारी हुन्छ भन्ने धेरैलाई थाहा छ । तर यसका अन्य औषधिय गुणको बारेमा भने कमैलाई थाहा होला ।
पालुंगोको सागमा अन्य धेरै पौष्टिक तत्वहरु पाइन्छन् जो शरीरलाई अत्यावश्यक हुन्छ । १ सय ग्राम पालुंगोको साथमा २६ किलो क्यालरी उर्जा पाइन्छ । पालुंगोको सागमा २ प्रतिशत प्रोटिन, २.९ प्रतिशत कार्बोहाइड्रेट, पाइन्छ । त्यस्तै जम्मा ०.७ प्रतिशत चिल्लो, ०.७ प्रतिशत लवण तथा ०.६ प्रतिशत फाइबर पाइन्छ ।
पालुंगोको सागमा क्याल्सियम, फलाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत पाइन्छ । त्यसैले पालुंगोलाई शरीरको संरक्षक खाद्य पदार्थ हो ।
पालुंगोको सागको रसलाई नियमित रुपमा नरिवलको पानीमा मिलाएर हरेक विहान पिउनाले मिर्गौलामा परेको पत्थरी हटाउन सहयोग पुग्छ ।
पालुंगोको सागको रसमा सिधेनुन मिलाएर नियमित पिउनाले दम तथा श्वाश प्रश्वाशका रोगीलाई फाइदाजनक हुन्छ ।
नियमित रुपमा पालुंगोको साग खानाले स्मरण शक्ति बढनुका साथै आयोडिनका कारण दिमागी थकान समेत कम गर्न मद्दत गर्छ।
जण्डिसका रोगीले पालुंगोको साथ काँचै चपाउनु निकै फाइदाजनक हुन्छ ।
रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ ।
थाइराइडको समस्या भएकाहरुका लागि समेत पालुंगोको सागको सेवनले फाइदा गर्छ ।
पालुंगो साग वायु कारक, शीतल, कफ बढाउने, श्वास, पित्त, रक्त बिकार एवं ज्वरोलाई हटाउन मद्दत गर्छ।
पालुंगोको तरकारी सामान्यत रुचिकर तथा छिट्टै पच्ने खालको हुन्छ । यसको बीउ शीतल दिने खालको हुन्छ । श्वाश फेर्न कठिनाइ भएको, कलेजो सुन्निने भएकाहरुका लागि यसको तरकारी उपयोगी हुन्छ ।
सम्पर्क इमेल : [email protected]