‘प्रधानमन्त्रीका लागि डायलासिस सेटअप बालुवाटारमै बनाउने कि ?’

काठमाडौँ, १५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित डायलासिस गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा आज बेलुका सम्म आउने रगत रिपोर्टले बताउने छ । तर परिहालेमा कहाँ गर्ने भन्ने विषयमा चिकित्सकहरुबीच छलफल शुरु भएको छ ।

मिर्गौलामा समस्या भएपछि प्रधानमन्त्री ओली धापासीस्थित ग्राण्डी अस्पतालमा दुई दिन राखिएको थियो । सो अवधीमा उनको दुईपटक हेमो डायलासिस गरिएको थियो । उनी हिजो बेलुका मात्र निवास बालुवाटार फर्केका थिए ।

स्रोतका अनुसार केही चिकित्सकले बालुवाटारमै हेमोडायलासिस मेसिन सेटअप गरी उनको नियमित रुपमा त्यहि उपचार गर्ने बताएका छन् । केही चिकित्सक तथा स्वास्थ्यकर्मीले रिपोर्ट हेरेपछि मात्रै थप निर्णय गर्न राम्रो हुने सुझाव दिएका छन् ।

मिर्गौला रोग विशेषज्ञ समेत रहेकी क्याविनेट चिकित्सक डा दिव्या सिंह शाह, अर्का चिकित्सक डा दिलिप शर्मा, मुटुरोग विशेषज्ञ डा अरुण सायमी लगायतका चिकित्स क आज विहान बालुवाटार पुगेर थप स्वास्थ्य उपचार र त्यसको व्यवस्थापनका विषयमा छलफल गरेका थिए ।

‘नियमित डायलासिस गर्नु पर्ने नपर्ने भन्ने बारेमा आज बेलुकासम्म थाह होला । यदि गर्नै परेमा बालुवाटारमै एउटा सेटअप बनाउने कि भन्ने विषयमा छलफल भएको हो । यो प्रधानमन्त्रीको सहजताका लागि भनेर प्रस्ताव गरिएको हो । त्यसबाहेक यसअघि उपचार गराइरहेको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलका चिकित्सकसंग समेत परामर्स भएको छ,’ विहानको बैठकमा सहभागी एक चिकित्सकले भने ।

झण्डै १२ बर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य पछिल्ला दिनमा छिटो छिटो बल्झिदै गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *