केडीसीद्धारा बुद्धिबंगरा फाउन्डेशन जापानका पदाधिकारीलाई सम्मान
काठमाडौँ, १ असोज । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज तथा कान्तिपुर स्कुल अफ डेन्टिष्ट्रीले आफ्नो स्थापना काल देखि नै शैक्षिक तथा प्राविधिक क्षेत्रमा सहयोग गरिरहेको बुद्धिबंगरा फाउन्डेशन जापानका पदाधिकारीलाई सम्मान गरेको छ ।
मंगलबार अस्पतालमा आयोजित कार्यक्रममा कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले फाउन्डेशनका अध्यक्ष योको वातानाबे, उपाध्यक्ष काजुवो उसुई र कोजिरो हिरोईलाई सम्मान गरेका हुन् ।
बुद्धिबंगारा फाउन्डेशन जापानले कान्तिपुर स्कुल अफ डेन्टिष्ट्री तथा कान्तिपुर डेन्टल कलेजलाई सन् १९९७ देखि शैक्षिक तथा प्राविधिक सहयोग गर्दै आईरहेको छ । पछिल्लो पटक फाउन्डेशनकै सहयोगमा कलेजले गीभ अ स्माईल प्रोजेक्ट साथै स्कुल ओरल हेल्थ कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
कलेजका अध्यक्ष डा श्रेष्ठले फाउन्डेशनले प्राविधिक जनशक्ति विकास तथा आधुनिक प्रविधि तथा दन्त उपचारका सामानहरु सहयोग गर्दै आइरहेको बताए ।
फाउन्डेशनका अध्यक्ष वातानावेले आफूहरुले गरेको सहयोग अत्यन्त प्रभावकारी भएको भन्दै खुशी व्यक्त गरिन ।
सम्पर्क इमेल : [email protected]
गोरखाको दुर्गम क्षेत्र वारपाक सुलिकोट गाउँपालिका जस्तो स्थानमा एक जना स्वास्थ्यकर्मी ले एक दिनमा २० जना वृद्धवृद्धा हरुको स्वास्थ्य परिक्षण गर्न असाध्यै गार्हो हुन्छ । मलाई लाग्छ एक जना स्वास्थ्यकर्मी ले वढिमा १०-१५ जना सम्म को परिक्षण गर्न सक्नेछन् किनकि सबै वृद्धवृद्धा हरुको घर स्वास्थ्यकर्मी हरुलाई थाहा भएको हुँदैन र सोद्धै खोज्दै जानू पर्ने र एक घर देखि अर्को घर सम्म पुग्नको लागि पनि कतिपय स्थानमा आधा घण्टा भन्दा वढी हिड्नु पनि पर्ने भएको कारणले गर्दा एक जना स्वास्थ्यकर्मी ले १५ जना भन्दा वढीको स्वास्थ्य परिक्षण गर्न नसक्ने कुरा अवगत गराउन चाहान्छु ।