नर्सिङ काउन्सिल निर्वाचन : कसको कहाँबाट कति भोट ?

काठमाडौँ, २९ भदौ । नेपाल नर्सिङ काउन्सिलको शनिबार सम्पन्न निर्वाचनको मत परिणाम अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर नेपाली हेल्थलाई प्राप्त मत परिणामले कुनकुन उम्मेद्धार विजयी भए भनेर भन्न सकिने देखिएको छ ।

मतगणना स्थलमा रहेको स्रोतले दिएको जानकारी अनुसार डा तारा शाह, कृष्णकुमारी पौडेल र जीता बराल उच्चतम भोट ल्याई विजयी भएका छन् । बरालले तुलसा अधिकारीलाई १० मतले पछि पारेको देखिएको छ ।

यसपटकको निर्वाचनमा नेकपा निकट नर्सहरुको प्यानलले दुई सिट र नेका निकट प्यानलले एक सिट ल्याएको छ । नेकपा निकट प्यानलबाट उठेको बागि उम्मेद्धारले राम्रो भोट ल्याउँदा आधिकारिक भनेर उठाइएका उम्मेद्धारलाई घाटा भएको स्पष्ट देखिन्छ ।

हिजो मध्यरातमा भोट गणना गरि सकेको निर्वाचन समितिले आज दिउसो २ बजे बैठक बोलाएको छ । त्यसलगत्तै दिउसो ३ बजे निर्वाचनको मत परिणाम सार्वजनिक गर्ने जनाएको छ ।

हेरौँ नेपाली हेल्थले प्राप्त गरेको मत विवरणको सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *