चीनमा नर्सहरुको संख्या ४० लाख भन्दा बढी

बेइजिङ, २१ भदौ । चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको थियो ।

पछिल्ला वर्षमा नर्सहरुको संख्या तिब्र गतिमा वृद्धि भइरहेको छ । सन् १९४९ मा नयाँ चीन स्थापना हुँदा ३० हजार रहेको नर्सको संख्या सन् १९७८ मा चार लाख पुगेको थियो । सन् २०१८ को अन्त्यसम्ममा नर्सको संख्या ४० लाख नाघेको राष्ट्रिय तथ्यांकमा उल्लेख छ ।

आयोगद्वारा शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा देशका कूल स्वास्थ्यकर्मीमध्ये आधाभन्दा बढी नर्सहरु रहेको समेत जानकारी दिइयो ।

पछिल्लो समय चीनमा बृद्धबृद्धाको संख्या बढी रहेका बेला नर्सहरुको संख्या समेत तिब्र रुपमा बढेको हो । सरकारी तथ्यांक अनुसार अहिले चीनमा ६० बर्ष उमेर समूहका व्यक्तिहरुको संख्या मात्रै २५ करोड भन्दा माथि रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *