आँखामा गरिने शल्यक्रिया ‘अकुलोप्लाष्टि’ के हो ?
- डा. पुजा राजभण्डारी (अकुलोप्लाष्टि विशेषज्ञ )
आँखा र आँखाको वरिपरि गरिने प्लाष्टिक सर्जरीलाई नै अकुलोप्लाष्टि सर्जरी भनिन्छ । यस्तो सर्जरी कतिपय अवस्थामा रोगको उपचारका लागि गरिन्छ भने कतिपय अवस्थामा आँखा र अनुहारको सुन्दरताको लागि गरिन्छ ।
बढ्दो उमेरको कारणले आँखामा देखिने रोग मात्रै होइन दुर्घटनामा परेर आँखाको आकार बिग्रेको अवस्थामा पनि अकुलोप्लाष्टि मार्फत लाभ लिन सकिन्छ । यो शल्यक्रिया अर्थात अकुलोप्लाष्टि गर्दा भर्ना हुन नपर्ने र एकै दिनमा अर्थात शल्यक्रिया गरेकै दिन घर फर्किन सकिने हुन्छ ।
अकुलोप्लाष्टि सर्जरी कस्तो अवस्थामा गर्ने ?
- आँखाबाट निरन्तर आँशु, चिप्रा वा फोहोर पानी बगिरहने ।
- आँखाको कुना, नाकको भागतिर थिच्दा आँखाबाट पिप निस्कने ।
- आँखाको वरिपरी सुन्निने, दुख्ने, रातो हुने र ज्वरो आउने ।
- आँखाभित्र केही परेको जस्तो महसुस भएमा ।
- आँखा बाहिरतिर आएको अथवा ज्यादै ठुलो र डर लाग्दो देखिएमा ।
- छाला चाउरी परेर परेली भित्र अथवा बाहिर फर्केमा ।
- यदि आँखा वरिपरी पहिले नै रहेको कोठी चिलाउन, रङ फेरिन, ठुलो हुन र रगत बग्न थालेमा ।
- परेला घरिघरि भित्र छिरि राखेमा ।
- आँखा वरिपरि देखिने मासु पलाएमा ।
- फोटो खिचाउँदा सेतो नानी देखेमा ।
- जन्मदा देखिनै आँसु बगिरहेमा ।
- आँखा भित्रको झिल्लीमा मासु पलाएमा ।
र, सौन्दर्यका हिसाबले हेर्ने हो भने निम्न अवस्थामा अकुलोप्लाष्टि गर्न सकिन्छ ।
- आँखाको मुन्द्रि नभएको,
- आँखाको छाला चाउरी परेमा,
- आँखी भौँ तल झरेमा,
- आँखाको वरिपरी कोठी निस्किएको खण्डमा,
- आँखाको ढकनी माथि या तल बोसो निस्किएमा या सुन्निएको जस्तो देखिएमा,
- आँखाको मासु र बोसो सुक्दै जाने रोग लागेमा र
- आँखा वरिपरि कालो घेरा (DARK Circle)आएमा
#अकुलोप्लाष्टि विशेषज्ञ डा. राजभण्डारीलाई जाउलाखेलस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरमा भेटन सकिन्छ ।
सम्पर्क इमेल : [email protected]