विपी प्रतिष्ठानको नयाँ उपकुलपतिमा डा. खनाल नियुक्त
काठमाडौँ, २ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ उपकुलपति नियुक्ती गरिएको छ। प्रतिष्ठानमा शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनाललाई निमित्त उपकुलपतिमा नियुक्त गरिएको हो।
बहालवाला उपकुलपति प्राडा राजकुमार रौनियार गत हप्ता आठ लाख घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेपछि खाली रहेको उपकुलपती पदमा खनाललाई निमित्त उपकुलपतिको रुपमा प्रतिष्ठानमा सह- कुलपति समेत रहेका उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले खनाललाई नियुक्त गरेका हुन्।
प्रतिष्ठानको दैनिक कार्यसञ्चालनमा असहज भएपछि शिक्षाध्यक्ष खनाललाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार निमित्त उपकुलपति पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ। रौनियार बिहीबार राति पक्राउ परेपछि शुक्रबारदेखि प्रतिष्ठान उपकुलपतिविहीन थियो।
सम्पर्क इमेल : [email protected]