स्क्लेरोडर्मा अर्थात छाला कडा हुने बाथलाई कसरी चिन्ने ? उपचार कसरी गर्ने ?
स्क्लेरोडर्मा (Scleroderma) भनेको छाला कडा हुने एक प्रकारको बाथ रोग हो । अर्थात, छालाको बाथ । यसका दुई प्रकार छन् Localized र Diffuse। यो बाथले छाला संगै शरीरका भित्री अंङ्गहरु जस्तै फोक्सो, मुटु र खानाको नलीमा पनि असर पार्न सक्छ ।
लक्षणहरु के के हुन् ?
- छाला (औंला तथा हाथ, खुट्टाका) सुन्निने र बिस्तारै कडा हुँदै जाने ।
- Raynaud’s Phenomenon: चिसोमा औंलाको रंङ्ग परिवर्तन भएर सेतो, निलो हुने ।
- जोर्नीहरु दुख्ने, सुन्निने, अरठ्ठो हुने ।
- छाला बाक्लोर कडा हुने कारणले मुठ्ठी पार्न गाह्रो हुने ।
- खाना निल्न गाह्रो हुदै जाने, अमिलो पानी आउने ।
- फोक्सोमा जाली पर्नाले दम बड्ने, सास फेर्न गाह्रो हुने ।
- छाती दुख्ने, मुटु ढुकढुक हुने ।
- मांशपेशी कमजोर हुँदै जाने ।
पहिचान कसरी गर्ने ?
- लक्षणहरु हेरेर ।
- रगतका जाँभ जस्तै (ANA, ENA panel )
- छालाको जाँच (biopsy)
- नङ्गको र नसाको जाँच (NFC- Nail Fold Video Capillarascopy)
- छातीको जाँच (X-ray, CT scan)
- मुटुको जाँच (Echo)
बिरामीका लागि सल्लाह : के गर्ने के नगर्ने ?
- छालालाई नरम राख्न moisturizer/cream को प्रयोग गर्ने ।
- जोर्नीको वरिपरि घाउ हुने सम्मभावना भएकाले घाउ हुन नदिने ।
- चिसोबाट बच्ने ।
- औंलाहरु र शरीरलाई न्यानो राख्ने ।
- कडा किसिमको सरफ र साबुनको प्रयोग नगर्ने, glycerine भएको साबुनको प्रयोग गर्ने, घरको काम गर्दा पञ्जाको प्रयोग गर्ने ।
- vaccum cleaner, mixed grinder जस्ता vibrate गर्ने सामानको कम प्रयोग गर्ने ।
- औंलाका टुप्पामा घाउ आउँदा तुरुन्त उपचार गर्ने ।
- नियमित व्यायम गर्ने ।
खानामा ध्यान दिनु पर्ने कुराहरु :
- चुरोट नखाने
- चिया, कफि, चिल्लो र मसलाहरु कम खाने
- रक्सी कम खाने
- खाना ठिक्क मात्रामा खाने (पेट भरी नखाने) र खाएको ३ घण्टा सम्म खाटमा नपल्टिने
- वजनलाई ख्याल राख्ने (मोटोपन घटाउने)
उपचार :
यस बाथको उपचार लक्ष्ण र कुन अंगमा असर भएको छ सोही अनुसार उपचार फरक फरक हुन्छ । खानपिनमा ध्यान, स्वास्थ्य जीवन शैली, व्यायम सँगै केही औषधीको सेवन जरुरी हुन्छ । भित्रि अंङ्गहरु जस्तै फोक्सो, मुटु, मिगौलामा असर गरेको खण्डमा उपचार जटील हुन सक्छ, त्यसैले समयमै चिकित्सकको सल्लाह लिनुपर्छ ।
कसलाई बढी हुन्छ ?
- हरेक १ लाखमा ६ जनालाई हुन सक्छ
- ३५ देखि ५० वर्षको उमेरमा सुरु हुन्छ
- महिलामा बढि देखिन्छ (३ देखि ७ गुणा बढि)
- सानो उमेरमा कम देखिन्छ
जटिलताहरु :
- छाला कडा र साह्रो भएर औलाहरु सुक्दै जाने,
- जोर्नी चलाउन गाह्रो हुने,
- मुख सानो हुदै जाने (मुख खोल्न गाह्रो हुने),
- औलाका टुप्पामा घाउ हुने र मरेर जाने,
- फोक्सोमा जाली पर्ने
- मुटुमा असर पार्ने(Pulmonary hypertension)
- खानाको नलीमा असर पार्ने
- मृगौलामा असर पार्ने(Scleroderma Rend Crisis)
- छाला र फोक्सोको cancer को सम्भावना बढ्ने
सम्पर्क इमेल : [email protected]