सन् २०१८ मा २१ लाखभन्दा बढी भारतीयमा क्षयरोग संक्रमण

मुम्बई, ११ चैत । भारतमा सन् २०१८ मा क्षयरोगका संक्रमित नागरिकको संख्या २१ लाख ५० हजार जना रहेका छन् । भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार भारतमा सन् २०१८ मा मात्र क्षयरोगका २१ लाख ५० हजार नागरिकमा संक्रमण भएको छ ।

आइतबार उक्त मन्त्रालयले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको हो । तर पहिलेको तुलनामा भारतमा क्षयरोगको उपचारमा सफलता प्राप्त भएको पनि सो विज्ञप्तिमा जानकारी दिइएको छ ।

यसअघि भारतमा कतिजना क्षयरोगी छन् भन्ने बारेमा स्पष्ट तथ्याङ्क नभएपनि अघिल्लो वर्षको तुलनामा भारतमा सन् २०१८ मा क्षयरोगको उपचारमा सफलता दरमा बृद्धि भएको बताइएको छ ।

अघिल्लो वर्षमा भारतमा क्षयरोगको उपचारको सफलताको दर २५ प्रतिशत मात्र रहेकोमा त्यसमा निकै नै बृद्धि भई सन् २०१८ मा भने ८३ प्रतिशतले बृद्धि भएको बताइएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीमा सरकारी प्रयासहरु र त्यसमा निजी क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका साथै यससम्बन्धी उपचारमा सरकारले अपनाएको नीति र विधिका कारण पनि यसको उपचारमा सफलता मिलेको बताइएको छ ।

यो कार्यक्रम र नीतिका कारण क्षयरोगको संक्रमणको दरमा पनि कमी आएको मन्त्रालयद्वारा प्रकाशित उक्त विज्ञप्तिमा बताइएको छ ।
उक्त विज्ञप्तिअनुसार पहिलेका वर्षहरुमा भारतमा क्षयरोग संक्रमण हुने अथवा सर्ने दर २९ प्रतिशत रहेकोमा सन् २०१८ मा आइपुग्दा भने त्यसमा भारी मात्रामा गिरावट आई चार प्रतिशतमा झरेको छ ।

भारत सरकारले सन् २०२५ सम्ममा भारतबाट क्षयरोगको उन्मूलन गर्ने लक्ष लिएको जनाएको छ । पहिलेका वर्षहरुको तुलनामा यस रोगको संक्रमण दरमा कमी आएका कारणले भारतबाट क्षयरोग उन्मूलनमा सफलता मिल्न सक्ने बताइएको छ ।

भारतमा क्षयरोगीहरुको संख्या निकै धेरै रहेको छ । विश्वमा रहेका क्षयरोगीहरुमध्ये एक चौथाई रोगी भारतमा मात्र रहेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार क्षयरोग विश्वमा सबैभन्दा धेरै नागरिकको ज्यान लिने १० रोगहरुमध्ये प्रमुखमा पर्दछ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार क्षयरोग विश्वमा सन् २०१७ मा मात्र करिब एक करोड नागरिकमा क्षयरोगको संक्रमण भएको देखिएको थियो ।

त्यसैगरी उक्त संगठनले दिएको जानकारीअनुसार सो वर्ष यस संक्रमणबाट विश्वका १६ लाख नागरिकको ज्यान गएको बताइएको छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *