गर्भवतीको ‘रेस्क्यु’ गर्न गएको हेलिकोप्टर दुर्घटना हुँदा पाँचको मृत्यु

तेहरान, २१ फागुन । गर्भवती महिलाको उद्धार गर्न आपत्कालिन औषधी र प्यारामेडिक्स टीम लिएर उडेको मेडिकल हेलिकोप्टर दुर्घटनामा परेको छ । दक्षिण पश्चिम इरानको एक गाँउमा भएको सो दुर्घटनामा चालक दलका तीन र प्यारामेडिक्स दुई गरी पाँचै जनाको मृत्यु भएको छ ।

गर्भवती महिलालाई आपत्कालिन उपचारका लागि लैजान खटिएको हेलिकोप्टर दुर्घटनामा परेको राज्यद्धारा सञ्चालित इरानी टेलिभिजनले जनाएको छ । दुर्घटनापछि हेलिकोप्टर पूर्ण रुपमा जलेको छ ।

“आपत्कालिन सेवाको आवश्यकता परेकी २६ बर्षिया गर्भवती महिलाको ज्यान जोगाउनका लागि गएको हेलिकोप्टर आफै दुर्घटनामा परेको हो,” आपत्तकालिन सेवा प्रमुख पिर होसैन कुलिभान्डले भने ।

पहाडी क्षेत्रमा रहेको ट्रन्समिसन टावरमा ठोक्किएर होलिकोप्टर दुर्घटना भएको राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले जनाएको छ ।

इरानमा बेला बेलामा यस्ता हेलिकोप्टर तथा विमान दुर्घटना भइरहने गरेका छन् । अहिले दुर्घटना भएको क्षेत्रमा यसअघि पनि दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *