प्रहरी हस्तक्षेपको विरोधमा वीर अस्पतालदेखि स्वास्थ्य मन्त्रालयसम्म सरकारी डाक्टरको र्याली
काठमाडौँ, २८ माघ । शान्तिपूर्ण धर्नामा भएको प्रहरी हस्तक्षेपको विरोधमा सरकारी चिकित्सक संघ (गोदान) ले आज पनि प्रदर्शन गरेका छन् । उनीहरुले वीर अस्पतालदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म र्याली निकालेका छन्।
आइतबार मन्त्रालय परिषरमा धर्नामा बसेका चिकित्सकमध्ये २५ जनालाई प्रहरीले गिरफ्तार गरी नेपाल पुलिस क्लव पुरयाएको थियो । यद्धपी अपरान्ह ५ बजेपछि उनीहरुलाई छाडेको थियो ।
यसअघि कर्मचारी समायोजनमा प्रक्रियामा फरक मत राखि आन्दोलनरतमा उत्रिएका सरकारी चिकित्सक संग मन्त्रालयले गत ३० पुसमा सम्झौँता गरेको थियो । अहिले त्यहि सम्झौँता विपरित हुने गरी गतिविधि गरेको भन्दै उनीहरु दवाव मुलक कार्यक्रम अघि सारेका हुन् ।
सम्पर्क इमेल : [email protected]