कागजी सुक्ष्मदर्शक यन्त्र ‘फोल्ड स्कोप’बारेको कार्यशाला सम्पन्न

काठमाडौँ, २३ माघ । कागजी सुक्ष्मदर्शक यन्त्र फोल्डस्कोपको महत्व र उपयोगिताबारे जानकारी दिन आयोजित एक दिने कार्यशाला सम्पन्न भएको छ । नेपाल मेडिकल ल्याबोरेटोरी स्टुडेन्ट सोसाइटी (एनएमएलएसएस) र फ्रुगल साइन्स नेपालको सयुक्त आयोजनामा बुधबार कार्यशाला गोष्ठी भएको हो ।

कार्यक्रममा फ्रुगल साइन्स नेपालका अनिल गौतमले फोल्ड स्कोप मेसिनबारे जानकारी दिएका थिए । पानीले नभिज्ने कागजबाट बनाइएको यो मेसिनको लेन्स डटपेनको निवको बल जत्रो आकारमा हुन्छ । यस्तै यसको प्रयोगमा ल्याउन विजुली नचाहिने र एक ठाँउबाट अर्को ठाँउमा लैजान सजिलो हुने भएकाले स्वास्थ्य शिविर तथा फिल्डमा जाँदा यसको प्रयोग बढी उपयोगी हुने गौतमले बताए ।

अहिले फोल्ड स्कोपको प्रयोग भारत सहित अफ्रिकी देशहरुमा व्यापक रुपमा रहेको उनले बताए । उनले यो मेसिनबाट मलेरिया रोग र डेंगु रोग सार्ने लामखुट्टेको भिन्नता हेर्ने काममा बढी प्रयोग भएको बताए ।

फोल्ड स्कोप मेसिनलाई नेपालमा औपचारिक रुपमा भित्र्याउने काम पनि फ्रुगल साइन्स नेपालले गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *