‘ख्याल गर्नुहोस् ! यस्तो भयो भने क्यान्सर हुनसक्छ’
विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)का अनुसार हाल विश्वमा १ करोड ४१ लाख जनामा नयाँ क्यान्सर देखिएको छ । डव्लुएचओले नै क्यान्सरकै कारण मृत्यु हुनेको संख्या ८२ लाख पुगिसकेको जनाएको छ । र यदि अहिलेकै अनुपातमा बढ्दै गएमा सन् २०२५ सम्म १ करोड ९३ लाख जनामा क्यान्सर देखिने अनुमान गरेको छ ।
क्यान्सर रोगको मुख्य कारक तत्वको खोजी गर्दा बदलिदो जीवनशैली, खानपान, बाताबरणीय प्रभाव प्रमुख रुपमा आउँछ । नेपालमा यी तीनवटै पक्षहरु क्यान्सर रोगका लागि अनुकुल सिद्ध भएको पाइएको छ ।
त्यसैले पनि हामीकहाँ क्यान्सरका विरामी दिनानुदिन बढी रहेका हुन् भन्न कुनै दुविधा छैन् ।क्यान्सर एक जटिल रोग हो तर पनि करिव ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ । एक तिहाई अर्थात ३३ प्रतिशत क्यान्सर समयमा पत्ता लगाएर उपचार गरी निको पार्न सकिन्छ । र बाँकी करीब २७ प्रतिशतलाई पनि उचित उपचारबाट आयु लम्याउन सकिन्छ ।
त्यो कसरी सम्भव छ ? त्यसका लागि यी कुराहरुमा विशेष ध्यान दिनुपर्छ ? यसरी जानौँ :
के के लक्षण देखिए सतर्क हुने ?
निम्न चिन्ह तथा लक्षणहरु देखिएमा कतै क्यान्सर त भएको छैन भनि नजिकको स्वास्थ्यकर्मीकहाँ वा अस्पतालमा पुगेर देखाउने तथा सल्लाह लिर्इ हाल्ने गर्नुपर्छ :
- लामो समय सम्म खोकी निको नहुनु, खकारमा रगत देखा पर्नु ।
- खाना निल्न गाह्रो हुनु, स्वर परिर्वतन वा धोद्रो हुनु ।
- लामो समय सम्म कव्जियत हुनु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु ।
- महिलाहरुमा महिनावारी नभएको वेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तस्राव हुनु वा सहवास पछि रक्तस्राव हुनु ।
- स्तनमा गाँठा गुठीहरू देखिनु, मुन्टोवाट रगत मिसिएको दुध आउनु वा मुन्टो दबिनु ।
- शरीरमा गिर्खा, गाँठा गुठीहरू देखिनु ।ड्ड कोठी र मुसाहरूको रंग बदलिनु वा आकार बढ्दै जानु ।
- छोटो समयमै शरीरको वजन घटनु, रक्तअल्पता देखिनु, ज्वरो आईरहनु ।
- नाक,मुख र दिसा बाट रगत आउनु ।
- धेरै दिनसम्म टाउको दुखी रहनु, बान्ता हुनु, रिगंटा लाग्नु,आँखा धमिलो देखिनु वा कम्पन (मृगी) आउनु ।
निम्न उपाायहरू अपनाएमा क्यान्सर रोगवाट बच्न सकिन्छ :
- चुरोट,बिंडी, खैनी, सुर्ती, जाँड, रक्सीको सेवन नगर्ने ।
- ड्ड बासी, सडेगलेको र ढुसी परेको खानाहरू नखाने ।
- पोलेर डढेको मासु र अन्य खानेकुराहरू नखाने ।
- अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधि प्रयोग गरिएका खानेकुराहरू नखाने ।
- चिल्लो बोसोयुक्त खानेकुराहरू र धेरै नुन नखाने ।ड्ड धुलो,धुवाँ तथा वातावरणीय प्रदुषणबाट जोगिने ।
- महिलाहरूले नियमित रुपले गर्भासय स्राव परीक्षण गर्ने ।
- स्तनमा गिर्खा,गाँठागुठीे छ–छैन प्रत्येक महिना राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीहरुसंग परामर्श लिने ।
- दिनहुँ शारीरिक व्यायाम गर्ने, अनावश्यक मोटोपन घटाउने ।
- मौसम अनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खाने ।
# प्रधानांङ्ग बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागमा कार्यरत छन् ।
सम्पर्क इमेल : [email protected]