अमेरिकी बालबालिकाले दन्तमन्जन बढी प्रयोग गरे

वासिङ्टन, २० माघ । अमेरिकाका धेरै बालबालिकाले दाँत माझ्दा चिकित्सकले सिफारिश गरेको भन्दा धेरै मन्जन प्रयोग गर्ने गरेको पाइएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा न्युनीकरण केन्द्रले दिएको जानकारी अनुसार सन् २०१३ देखि २०१६ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा ३८ प्रतिशत बालबालिकाले तोकिएको भन्दा बढी मन्जन प्रयोग गर्ने गरेका देखिएको छ ।

यसरी बढी मात्रामा दन्तमन्जन प्रयोग गर्नेमा तीन वर्षदेखि छ वर्षसम्मका बालबालिका रहेको जनाएको छ ।

केन्द्रले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार अधिकांश बालबालिकालाई उनीहरुका आमाबुबाले छ महिनाको उमेरदेखि दाँत माझिदिने गरेकोमा चिकित्सकले भने दुई वर्षपछि मात्र दाँत माझ्न सुरु गर्न सिफारिस गरेका थिए । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *