डा. गोविन्द केसीको अनशनविरुद्ध शिक्षण अस्पतालमा कोणसभा

काठमाडौँ, १७ माघ ।  चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा सह प्राध्यापक डा प्रदीप ज्ञवालीले अस्पताल परिसर भित्र कुनै पनि अनशन हुन नहुने बताएका छन् । उनले नेपाल चिकित्सक संघलाई रिले अनशन अस्पताल बाहिर लगेर गर्न अनुरोध गरेका छन् ।

अस्पताललाई अनशन तथा हडतालमुक्त क्षेत्र बनाउनुपर्ने भन्दै त्रिवि शिक्षण अस्पताल परिसरमा भएको कोणसभामा डा ज्ञवालीले कुनै पनि व्यक्तिले कुनै नाममा अस्पतालको सेवा अवरुद्ध गर्न नपाउने बताए ।

चिकित्सा शिक्षा सुधारका नाममा डा गोविन्द केसीले गरेका सुरुका अनशनमा आफ्नो पनि साथ रहेको भन्दै पछिल्लो अनशनले राजनीतिक रुपमा लिएपछि आफूहरु विरोधमा उत्रिएको बताए ।

उनले अनशनका नाममा शिक्षण अस्पताल धारासायी बनाउने खेलमा कतिपय व्यक्तिहरु लाखेको समेत आरोप लगाए ।

‘यस्तै चाल हो भने चिकित्सक संघ टुक्रिन्छ’

डा. ज्ञवालीले चिकित्सकहरुको पेशागत संस्था मानिएको नेपाल चिकित्सक संघमा चरम राजनीति भएको आरोप लगाएका छन् । तीन चौथाई डाक्टर संघ भन्दा बाहिर रहेको र १ चौथाई डाक्टर भएको संस्थाका केही व्यक्तिले निर्लज्ज ढंगले राजनीति गरेको दावी गरे । उनले अस्पताल बन्दको घोषणा गर्ने हक चिकित्सक संघलाई नभएको समेत ठोकुवा गरे ।

‘अहिले २२ हजार बढी चिकित्सक छन् । एनएमएका सदस्य ५ हजार छैनन् । सदस्यता विस्तार गरौँ भन्दा पदाधिकारीले मान्दैनन् । केही व्यक्तिको राजनीतिका लागि यसो गरिएको हो । अब यसो हुन दिइने छैन । चिकित्सक संघको नाममा यसरी राजनीति गर्न पाइदैन । अहिलेका गतिविधिमा सुधार गरिएन भने संघ टुंक्रिन्छ । त्यसको नेतृत्व मैले लिन्छु ।’

उनले डा केसीको स्वास्थ्य अवस्थामा आफूलाई पनि चिन्ता रहेको भन्दै तर स्वास्थ्यलाई अघि सारेर हरेक कुरा बार्गेनिङ गर्न नहुने बताए ।

कार्यक्रममा पूर्व सहायक डीन प्राडा रतिन्द्र श्रेष्ठ, पूर्व क्याम्पस प्रमुख रामप्रसाद उप्रेती, आइओएम तथा शिक्षण अस्पतालका कर्मचारी तथा नर्सहरुले डा केसीको अनशनको विरोध गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *