प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल सुमेरु अस्पतालबाट डिस्चार्ज भएकी छन् । आज दिउसो २ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

भाइरल ज्वरोका कारण दाहाललाई गत ६ माघमा उक्त अस्पतालमा भर्ना गरिएको थियो । उनलाई एक सातासम्म आइसियूमा राखेर उपचार गरिएको थियो ।

हिजोमात्रै आइसीयूबाट जनरल वार्डमा सारिएपछि उनलाई चिकित्सकले २४ घण्टा निगरानीका लागि राख्नु परेको बताएका थिए । सो निगरानीमा स्वास्थ्यमा थप सुधार भएपछि आज डिस्चार्ज गरिएको उपचारमा सम्लग्न डा अशोक शर्माले बताए ।

डिस्चार्जका बेला प्रचण्ड र उनका परिवार सहित शुभचिन्तकहरु अस्पताल पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *