कर्णालीमा जनस्वास्थ्य संघको प्रदेश कार्य समिति निर्विरोध निर्वाचित
सुर्खेत १३ पुस । नेपाल जनस्वास्थ्य संघ (नेफा) को कर्णाली प्रदेश कार्यसमिति निर्भिरोध निर्वाचित भएको छ । नयाँ प्रादेशिक समितिका लागि हिजो भएको निर्वाचनमा चेतननिधि वाग्लेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
कार्यसमितिका अन्य पदाधिकारीहरुमा अमित थानी उपाध्यक्ष, लक्ष्मण प्रसाद चौलागाँई सचिव, कमल रावत सहसचिव र नरेशबाबु श्रेष्ठ कोषाध्यक्ष छन् । यस्तै उमेश गौतम कमलबहादुर बुढा, भानुभक्त बस्याल र हेमराज न्यौपाने खुल्ला तर्फबाट सदस्यमा निर्वाचित भएका छन् । यसैगरी भक्तबहादुर नेपाली र हैकली थापा समावेशी समूहबाट सदस्यमा निर्वाचित भएका हुन् ।
पदाधिकारी निर्विरोध चयन भएपछि प्रदेश निर्वाचन समितिले विहीबार एक कार्यक्रमको आयोजना गरि वधाई तथा शुभकामना आदान प्रदान गरेको छ ।
उक्त कार्यक्रममा कर्णाली प्रदेशका स्वास्थ्य निर्देशक रीता भण्डारी जोशी, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख वृष वहादुर शाही लगाएतले कर्णाली प्रदेशको जनस्वास्थ्यको पेशागन एवं समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि समितिले अहंम भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
अन्य प्रदेशमा निर्वाचनमा जाने तयारी भैरहेको भएता पनि कर्णाली प्रदेशले उदारहणीय काम गरेको र जनस्वास्थ्यकर्मीको पेशागत हित र जनस्वास्थ्यको क्षेत्रमा कर्णाली प्रदेशका सुचक पछाडी रहेकाले सवै जनस्वास्थ्यकर्मीहरु एकजुट भई अघि बढने प्रतिवद्धता नवनिर्बाचित अध्यक्ष चेतन निधि वाल्लेले वताए ।
नव निर्वाचित अध्यक्ष वाग्ले कर्णाली प्रदेश, स्वास्थ्य निर्देशनालय, सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत समेत हुन ।
सम्पर्क इमेल : [email protected]